अशोक लेल्याण्डको हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी

अशोक लेल्याण्डको हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी

काठमाडौँ : अशोक लेल्याण्डले हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ।आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले घोषणा गरेको वारेन्टी उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी रहको  र एक्सटेन्डेड वारेन्टी नभएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट रहेको र यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई कभर गर्ने कम्पनीको भनाइ छ।

यो वारेन्टी अन्तर्गत इन्जिन,पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर-रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुने कम्पनीले जानकारी दिएको छ।

गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत यसमा कभर हुनेछ।

आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिकले उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो रहेको बताए।

'धेरै कम्पनीहरूले ३ वर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेका छन्। अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो, जसले आफ्नो उत्पादनमा विश्वसनीयता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पुर्याउने छ' उनले भने।

नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। कुनै कारणले सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुने कम्पनीले जानकारी दिएको छ। 

२ चैत, २०७९, ००:०१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।