नयाँ महानगर : अस्पताल अगाडिको मेडिकल हटाएर निजीको पार्किङ व्यापार, टुकुचा प्वाल पारेर दुर्गन्धै दुर्गन्ध (भिडियो रिपोर्ट)
भत्किएकै संरचनाको बीच भागबाट मोटरसाइकलहरू घुसारेर पार्किङ चलाइएको छ। भत्किँदाका इट्टा र ढुङ्गाहरू छरपस्ट छन्। अस्पताल प्रशासन अनि महानगरले पन्छाउने प्रयास समेत गरेका छैनन्।
अस्पतालको प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सागर मिश्र, अस्पताल प्रशासन अब फार्मेसी राख्ने अनि बनाउने पक्षमा छैन।
'औषधि पसल भत्कायो। त्यसपछि हामीले औषधि पसल राखेको पनि छैनौं। अनि नयाँ बनाएर औषधि चलाउने पक्षमा पनि छैनौं’, मिश्रले उकेरासँग भने।
उनले अस्पताल प्रशासनले नक्सा शंसोधन गरेर पैसा भएपछि मात्रै त्यहाँ नयाँ संरचना बनाउने योजना रहेको बताए।
चैत २, २०७९ बिहीबार २०:५४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।