एनसेलले सार्वजनिक गर्यो नयाँ योजना : पाँच सय ९९ रूपैयाँमा २० जीवी डेटा र एक सय ५० मिनेट टक टाइम

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले २० जीवी डेटा र १५० मिनेट लोकल टक टाइमसहितको नयाँ योजना सार्वजनिक गरेको छ। प्रिपेड ग्राहक लक्षित नयाँ योजना मज्जाको प्लान डेटा र भ्वाइस सेवाको बन्डल रहेको कम्पनीले जानकारी दिएको छ।
चैत्र तीन गतेबाट सञ्चालनमा आउने नयाँ योजना एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
स्टार्टर प्याक कर सहित ५ सय ९९ मा खरिद गर्न सकिने र प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनसम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ।
यो प्लान सुचारु गर्ने ग्राहकले दुई सय वा सो भन्दा माथिको रिचार्जमा बोनस समेत प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ। दुई सयदेखि ४९९ को रिचार्जमा ५% बोनस क्यास ब्याक हुने र पाँच सय वा सो भन्दा बढीको रिचार्जमा १०% बोनस आउने कम्पनीले जानकारी दिएको छ।
नयाँ योजना सुरु गर्ने ग्राहकले डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ मा आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्ने र प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस् तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप वा अन्य माध्यमबाट सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित मिति : चैत २, २०७९ बिहीबार