विकेट गए पनि डगआउट शान्त थियो : कप्तान पौडेल
काठमाडौं : नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले विकेट गए पनि डगआउट एकदमै बेचैन नभएको बताएका छन्।
युएईविरुद्ध ९ रनको जितपछि सञ्चारकर्मीसँग बोल्दै कप्तान पौडेलले विकेट गएको अवस्थामा पनि डगआउट एकदमै शान्त भएको बताए।
पौडेलले आजको खेल फाइनल जस्तै भएको भन्दै युएईका खेलाडीहरूले राम्रो खेलेको भन्दै प्रशंसासमेत गरे।
‘आजको खेल फाइनल जस्तै भयो। युएई राम्रो अपोनेन्ट हो,’ उनले भने, ‘हाम्रा खेलाडीहरुले पनि राम्रो खेल्यो। विकेट गएपनि डगआउट एकदमै काम थियो। त्यो विश्वासले पनि हामीलाई मोटिभेट गर्यो।’
पानी पर्नसक्ने सम्भावनालाई दिएर आफूहरू डिएल मेथड चेक गरिरहेको उनले बताए।
‘पानी पर्नसक्ने सम्भावनालाई दिएर हामीले डिएल मेथड हेरिरहेका थियौं,’ उनले भने, ‘पिचमा त्यो म्यासेज दिइरहेका थियौं।’
चैत २, २०७९ बिहीबार १८:३८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।