राष्ट्रपति पौडेलको प्रेस संयोजकमा खिला कार्की नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस संयोजकमा खिला कार्की नियुक्त भएका छन्। पौडेलले कार्कीलाई प्रेस संयोजनसमेत गर्ने गरी सचिवालयमा नियुक्त गरेका हुन्।
नेपाल प्रेस युनियनका पूर्व सचिवसमेत रहेका कार्की २० वर्षदेखि पत्रकारितामा संलग्न थिए। हिमालय टाइम्स, एभिन्युज लगायतका मिडियामा काम गरेका कार्की लामो समयदेखि पौडेलको प्रेस सहयोगीको रूपमा संलग्न थिए।
पौडेलले राष्ट्रपतिको कार्यभार सुरु गरेपछि प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए। ओखलढुङ्गाका कार्कीको नियुक्ति तेस्रो हो।
चैत २, २०७९ बिहीबार १८:३६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।