हजारौं दर्शकमाझ नेपालको ९ रनको जित (१८ तस्बिर)
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटको आफ्नो अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ।
लिगको तेस्रो स्थानमा उक्लँदै नेपालले जिम्बावेमा हुने आईसीसी छनोटमा स्थान बनाएको हो। ३११ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा डकवर्थ लेविस पद्धतीबाट ९ रनले खेल जितेको हो।
एकदिवसीय विश्वकपमा सिधै छनोट हुने भएकाले आजको खेल नेपालका लागि महत्त्वपूर्ण थियो। यो खेल हेर्न हजारौँ दर्शक कीर्तिपुर पुगेका छन्।
११ हजार टिकट बिक्री भएकोमा टिकट नपाएपछि दर्शक रुखमा चढेर पनि खेल हेरेका थिए। नेपालको क्रिकेट क्रेज देखेर विश्वस्तरका खेलाडीहरूसमेत लोभिने गरेका छन्।
चैत २, २०७९ बिहीबार १८:०८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।