युएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप क्रिकेटको छनोटमा
काठमाडौं : यूएईलाई पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ।
लिग टूको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविस पद्धती अनुसार ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो।
यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो।
‘ब्याड लाइट’को कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो।
नेपालको जितमा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले अर्धशतक बनाए।
चैत २, २०७९ बिहीबार १७:४९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।