५२ रन बनाएर आरिफ शेख आउट
काठमाडौं : आरिफ शेख युएईविरूद्धको खेलमा ५२ रन बनाएर आउट भएका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा कीर्तिमानी लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले ६२ बलमा ५२ रन बनाएर आउट भए।
योसँगै नेपालको छैटौं विकेट झरेको छ। नेपालका लागि शेखसँगै कुशल भुर्तेल र भीम सार्कीले अर्धशतक पूरा गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको गुमाउँदै ३१० रन बनाएको थियो।
३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात भएको थियो।
चैत २, २०७९ बिहीबार १७:०६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।