विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दु:ख नदिन निर्देशन दिएका छन्।
बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौं समस्या भोग्नुपरेको भन्दै अनावश्यक दु:ख नदिन निर्देशन दिएका हुन्।
‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ,’ उनले भने, ‘कानून र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दु:ख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।’
चैत २, २०७९ बिहीबार १६:०४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।