मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख रूपैयाँ उठ्यो

मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख रूपैयाँ उठ्यो

बुटवल : बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रूपैयाँ उठेको छ।

बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटीवापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

आइतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना शुरू गरिएको थियो।

आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए।

फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो।

अघिल्लो पटक मंसिर २८ देखि  पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो।

अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम बृद्धि भएको कोषले जनाएको छ।

चैत १, २०७९ बुधबार २१:०९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।