दक्षिणकालीमा १०८ कन्याको ‘कन्या पूजा’ (नौ तस्बिर)

काठमाडौं : ललितपुरको दक्षिणकालीमा कन्या पूजा गरिएको छ।
बेल विवाह नगरिएका कन्याहरूलाई पूजा गर्दा सुख प्राप्त हुने विश्वासका साथ दक्षिणकाली नगरपालिका–६ झम्केश्वरी प्राङ्गणमा पहिलोपटक एक सय आठ कन्याहरूको पूजा गरिएको हो। यसलाई कुमारी पूजा पनि भनिन्छ।
नाला, साँगा, पनौतीको इन्द्रेश्वर, भालेश्वर मन्दिर ,जनगाल दाप्चा, धनेश्वरलगायतका ठाउँमा कन्या पूजा गर्ने चलन छ। तर, यसपटक भने दक्षिणकालीको कछुटोल महिला समूहले पूजा आयोजना गरेको हो।
नेवार समुदायमा बेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानेर कन्या पूजा गर्ने प्रचलन छ।
चैत १, २०७९ बुधबार २०:०९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।