उपराष्ट्रपति निर्वाचनबारे १० दलबीच समझदारी भएन, बिहीबार फेरि बैठक बस्ने
काठमाडौं : उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न भन्दै बसेको १० दलको बैठक विनानिष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक भोलि (बिहीबार) बस्ने गरी टुंगिएको माओवादी केन्द्रका उप-महासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए।
‘छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा धारणा बनाइने छ,’ बैठकपछि नेता बस्नेतले भने, ‘छुट्टाछुट्टै छलफल गरेर आवश्यकताअनुसार समूह-समूहमा छलफल गर्ने भन्ने भएको छ।’
शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट ३ र एमाले तर्फबाट १ उम्मेदवार छन्।
चैत १, २०७९ बुधबार १९:४८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।