कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेको उजुरी

कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेको उजुरी

काठमाडौं : एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरू भइसकेको अवस्थामा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो।

बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो।

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएकाे एमालेले जनाएको छ।

उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरू भएको छ।

१ चैत, २०७९, १९:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।