एपीएफले आर्मीलाई हरायो
काठमाडौं : एपीएफ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ।
च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो।
एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे।
खेलको ३७औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन्।विपिन श्रेष्ठको क्रसमा अनमार्क रहेका मणिले वान टचमा गोल गरे।
त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर खेर फालेका थिए।
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ। आर्मीको यो पहिलो हार हो। आर्मीले ४ खेलमा ५ अंक जोडेको छ।
चैत १, २०७९ बुधबार १९:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।