बिहीबारलाई बोलाइयो जसपा कार्यकारिणी समिति बैठक

बिहीबारलाई बोलाइयो जसपा कार्यकारिणी समिति बैठक

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ।

मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

चैत १, २०७९ बुधबार १८:४४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।