कप्तानी वसीमको शतकमा पीएनजीविरुद्ध युएईको ६ विकेटको जित
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ।
कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ।
लिग २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो। तर त्यसको बदला लिँदै यूएई २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
यूएईका लागि कप्तान मोहम्मदले सार्वधिक ११९ रन बनाए। उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गरे।
ओपनरका रुपमा आएका मोहम्मद वाजिमले भृत्य अरविन्दसँग १२५ रनको शतकीय साझेदारी गरे। यूएईले २४ रनमा पहिलो विकेटका रूपमा आर्यन लाक्रालाई गुमाएपछि तेस्रो क्रममा आएका भृत्य ५६ बलमा ५ चौकासहित ३३ रन बनाउँदै क्याच भए।
आयान र रिज्वानले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरे। आयानले ४२ बल खेल्दै ४ चौका सहित ३८ रन बनाए। र सिपी रिजवान २९ रनमा अविजित र आसिफ खान११ रन बनाउँदै अविजित रहे। पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक २ विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो। पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए। उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन्।
यूएईका लागि हजरत विलालले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ४७ रन खर्चिए। रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए।
यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ। पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहति लिग २ को यात्रा सकाएको छ।
यूएईले भने लिग टू को अन्तिम खेल भोलि बिहीबार नेपालसँग खेल्नेछ।
चैत १, २०७९ बुधबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।