नेपाल र यूएईबीचको खेलकाे टिकट रकमबाट क्यानले ‘खेलाडी कल्याणकारी कोष’ बनाउने
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्न लागेको खेलबाट उठेको टिकटको सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने क्यानले जनाएको हो।
क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको थिएन।
यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाउने उनले बताए।
कोषको मुख्य उद्देश्य आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्नु रहेको उनले बताए।
नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० र गेटमा किन्दा १५० मा बेच्ने गरेको क्यानले जनाएको छ।
चैत १, २०७९ बुधबार १८:३०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।