एमयूको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ।
विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले मतदान गर्नबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा मङ्गलबार रिट दायर गरेका थिए।
बुधवार रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश पुनमसिंह चन्दको एकल इजलासले हालसम्म भएका सबै गतिविधि स्थगित गरी अर्को आदेश नआउन्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको हो।
उच्च अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। स्कुल अफ म्यानेजमेन्ट (मुसोम) मा अध्ययनरत तीन जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
चैत १, २०७९ बुधबार १७:१२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।