बलात्कार आरोपमा मोरङका पाण्डे पक्राउ

बलात्कार आरोपमा मोरङका पाण्डे पक्राउ

मोरङ : २९ वर्षीया महिला बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–५ बस्ने ४५ वर्षीय दिपक बहादुर पाण्डे रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत १, २०७९ बुधबार १३:३६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।