पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य, अन्तिम तीन ओभरमा मात्र ४८ रन
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो। पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए।
नोरमान भानुवाले अविजित रहँदै ४९ रन बनाउँदा रिले हेकुरेले ३३, किपलिन डोरिगाले २४, चार्ल्स अमिनीले २२ र गौडी टोकाले १५ रन ल्याए।
पछिल्लो तीन ओभरमा पीएनजीका ब्याटरले ४८ रन बनाए। जसका लागि भानुवा र हेकुरेले उत्कृष्ट इनिङ खेले।
युएईका हजरत बिलाले चार विकेट लिँदा रोहन मुस्तफा र जवार फरीदले समान एक–एक विकेट लिए।
युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
चैत १, २०७९ बुधबार १३:२८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।