उपराष्ट्रपतिमा जसपाका यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

उपराष्ट्रपतिमा जसपाका यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

महतले संघीय संसदका सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताए।

यस्तै, बैठकले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पु¥याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित किायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको जानकारी दिए।

प्रवक्ता महतले सरकारका जानेकुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार बिस्तार हुने बताए।

त्यस्तै आजको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरूलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपतिमा विजयी रामचन्द्र पौडेललाई सफल कार्यकालको शुभकामना दिएको छ।

१ चैत, २०७९, १३:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।