आँपको बगैँचामा लगेर बालिका बलात्कार, ३३ वर्षीय पुरुष पक्राउ

आँपको बगैँचामा लगेर बालिका बलात्कार, ३३ वर्षीय पुरुष पक्राउ

काठमाडौं : बाँकेमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैँचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यका अनुसन्धान गरिरहेको छ।

चैत १, २०७९ बुधबार १२:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।