पीएनजीविरुद्ध युएईले टस हार्यो
काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको अन्तिम खेलमा युएईले टस हारेको छ।
टियु क्रिकेट मैदानमा भएको टसमा टस हारेसँगै युएईले पहिला बलिङ गर्ने भएको छ। पीएनजीका कप्तान अशरद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरे।
युएईले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ। जुनैद सिद्दिक र कार्तिक मयाप्पनलाई विश्राम दिँदै उसले हजरत बिलाल र सिपी रिजवानलाई मैदान उतारेको छ।
पिएनजीले सेमो कमिया र हिला भारेलाई बेन्चमा राखेर जोन कारिको र गौडी टोकालाई मौका दिएको छ।
युएई र पपुवा न्युगिनी दुवैले सोझै ओडिआई मान्यता अवसर गुमाई सकेको हुँदा खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुच्छारमा अन्त्य गर्नेछन्।
यसै महिना नामिबियामा हुने प्लेअफ क्वालिफायरमा क्यानडा र जर्सीलाई पछि पार्न सके यी दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन्। अन्यथा आगमी चार वर्षको लागि ओडिआई मान्यता गुमाउनेछन्।
युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ। पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुच्छारमा छ।
पिएनजीले जितेको पाँचमध्ये चार खेल युएईविरुद्ध छन्। नेपाल भने ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ सिधै ओडिआई मान्यता पाएको छ।
बिहीबार युएईलाई हराए सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ। पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले पनि प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ।
चैत १, २०७९ बुधबार ०९:१२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।