रुसी विमानसँग ठोक्किएर काला सागरमा खस्यो अमेरिकी ड्रोन

रुसी विमानसँग ठोक्किएर काला सागरमा खस्यो अमेरिकी ड्रोन

एजेन्सी : अमेरिकी सेनाले रुसी लडाकु विमानसँग ठोक्किएर अमेरिकी मानवरहित ड्रोन काला सागरमा खसेको जनाएको छ।

युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष टकरावको जोखिम कति बढिरहेको छ भन्ने यो घटनाले देखाउँछ।

अमेरिकाले यो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित उडान गरिरहेको बेला दुई रुसी लडाकु विमानले यसलाई रोक्न खोजेको दाबी गरेको छ।

यसैबीच रुसले यो ड्रोन तीव्र गतिमा रुट परिवर्तन गरेपछि दुर्घटना भएको बताएको छ। रुसले दुवै विमान सम्पर्कमा आएको खबरको खण्डनसमेत गरेको छ।

रुसी रक्षा मन्त्रालयले एमक्यू-९ रीपर ड्रोन आफ्नो ट्रान्सपोन्डर बन्द गरेर उडिरहेको पनि दाबी गरेको छ। ट्रान्सपोन्डर विमानहरू ट्र्याक गर्ने सञ्चार उपकरण हो।

रीपर ड्रोन निगरानी विमानहरू हुन्, जसका पखेटाहरू २० मिटर लामा हुन्छन्।

प्रकाशित मिति : चैत १, २०७९ बुधबार