क्याप्टेन सागरको तितो अनुभव : करेन्टले खुट्टा खायो, डाक्टरले सन्तान छँदैछन् उपचार गर्न पर्दैन भने

क्याप्टेन सागरको तितो अनुभव : करेन्टले खुट्टा खायो, डाक्टरले सन्तान छँदैछन् उपचार गर्न पर्दैन भने

सन् २०१८ देखि नै सागरले क्रिकेट खेल्न थालेका थिए। उनी ह्वीलचेयर क्रिकेट टिमको राष्ट्रिय टिममा पनि परे। 

२०१८ को एसिया कपमा उनी सहभागी हुन पाए। भारत, बङ्गलादेश, भुटान, श्रीलंका अनि नेपालबीच भएको खेलमा उनले सहभागिता जनाए।

उनी क्याप्टेन भने सन् २०१९ मा भएका हुन्। उनी क्याप्टेन भएयता कुनै प्रतियोगिता भएको छैन। सन् २०२३ मा प्रतियोगिता हुने कुराले उनी फुरुङ्ग छन्।

केही समयअघि भारतले उनी लगायत चार खेलाडीलाई क्रिकेट खेल्न बोलाउँदा पनि उनी फुरुङ्ग परेका थिए। उनी हैदराबादको समूहमा परे। उनको समूह तेस्रो भयो।

‘जित त प्राविधिक कुरा भयो। खेल मेरो प्यासन हो। यो पनि खेल्न पाएको छु, खुशी छु’, उनले भने।

सागर स्कुटी चलाउँछन्। आत्मविश्वासी छन्। केही कक्षा पढाउँछन् पनि। कहिलेकाहिँ प्रशासनको काम पनि हेरिरहेका छन्।

तर, जसरी पनि छोराको उपचार गराउने हठी बा, उपचार गर्ने चिकित्सक, 'यहाँ त ह्वीलचेयरमा आउनै सकिँदैन' भनेर फिर्ता पठाउने ती विद्यालय, समाचार लेखिदिने ती पत्रकार अनि 'सागर बाबु अब चिन्ता गर्नु पर्दैन' भनेर उनको सहजताका लागि विद्यालयको भौतिक संरचना नै परिवर्तन गरिदिने उमेशसर सबैलाई सम्झिरहन्छन् उनी।

३० फागुन, २०७९, २२:१५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।