फागुन ६ गते बलात्कार, अभियुक्त मंगलबार विहान पक्राउ

फागुन ६ गते बलात्कार, अभियुक्त मंगलबार विहान पक्राउ

दाङ : ५७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–४ हस्तनापुर बस्ने ४४ वर्षीय कमलबहादुर वली छन्। उनलाई मंगलबार (फागुन ३० गते) विहान प्रहरीले घरबाटै पक्राउ गरेको हो।

वलीले ती महिलालाई गत फागुन ६ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन ३०, २०७९ मंगलबार १८:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।