डेभिड वार्नर फिट, भारतविरुद्धको एकदिवसीय सिरिज खेल्ने
एजेन्सी : अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले भारत विरुद्धको एकदिवसीय सिरिज खेल्ने भएका छन्।
टेस्ट सिरिजमा चोट लागेपछि स्वदेश फर्किएका वार्नरले एक दिवसीय सिरिज खेल्ने भएका हुन्। वार्नरको कुहिनोमा चोट लागेको थियो।
वार्नरले भर्खरै भारत र अष्ट्रेलियाबीच सम्पन्न टेष्ट शृंखलाको पहिलो दुई खेल खेले पनि चोटका कारण बाँकी दुई खेलमा उनी प्लेइङ ११ मा परेका थिएनन्।
वार्नरले १४१ एकदिवसीय खेलमा ६००७ रन बनाएका छन्। उनको औसत ४५ छ। वार्नरको पुनरागमनले अष्ट्रेलिया टोलीलाई बलियो बनाउने विश्वास गरिएको छ।
भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय शृंखला १७ मार्चबाट सुरू हुँदैछ। पहिलो खेल मुम्बईमा हुनेछ।
स्टिभ स्मिथले एकदिवसीय शृंखलामा अष्ट्रेलियाको नेतृत्व गर्नेछन्। स्मिथले भारतविरुद्धको पछिल्लो दुई खेलमा अस्ट्रेलियाको कप्तानी गरेका थिए।
फागुन ३०, २०७९ मंगलबार १७:३८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।