खोइ–खोइ कस्तो रैछ ! (चार तस्बिर)

खोइ–खोइ कस्तो रैछ ! (चार तस्बिर)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सोमबार दिउँसो नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरे।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथ लिएपछि उनलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उपस्थित अन्य विशिष्ठ अतिथिले बधाई दिए।

राष्ट्रपतिको शपथपछि निवर्तनमा राष्ट्रपति भण्डारीलाई सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ डाँफेअंकित आँखीझ्याल उपहार दिए। भण्डारीले पनि सहर्ष स्वीकार गरिन्।

दाहालले भण्डारीले आँखीझ्याल हस्तान्तरण गर्दा नवनिर्वाचित राष्ट्रपति पौडेलले ढल्कीढल्की हेरिरहे। यो देखेर भण्डारीले पौडेललाई हेरेर मुसुक्क हाँसिन् भने प्रधानमन्त्री दाहाल पनि हाँसिरहे।

प्रधानन्यायाधीश नहुँदा राष्ट्रपति पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथग्रहण गराए। शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू लगायतको उपस्थिति थियो।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

फागुन २९, २०७९ सोमबार १८:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।