शपथलगत्तै रामचन्द्र पौडेललाई अमेरिकाको बधाई
काठमाडौं : संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेर कार्यभार सम्हालेपछि नेपालस्थित अमेरिकी राजदूतावासले पौडेललाई बधाई दिएको हो।
दूतावासले पौडेलको सफल कार्यकालको समेत शुभकामना दिएको छ।
‘नेपालका नवनिर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई,’ सामाजिक सञ्जालमार्फत दिएको बधाई सन्देशमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका उहाँको सफल कार्यकालको कामना गर्न चाहन्छ।’
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।
उनलाई राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
फागुन २९, २०७९ सोमबार १७:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।