राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्दै राष्ट्रपति पौडलद्वारा पदभार ग्रहण

राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्दै राष्ट्रपति पौडलद्वारा पदभार ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन्।

पद तथा गोपनियताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को १ बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। उनलाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

फागुन २९, २०७९ सोमबार १६:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।