बिर्सिएको बाल कलाकारको सन्देश : 'कृपया आफ्नो सपनालाई जीवित राख्नुहोस्'
बिबिसी- आँखाभरि टिलपिलाइरहेको आँसुसँगै सर्वश्रेष्ठ सह- अभिनेताको ओस्कर अवार्ड स्विकार्दै क्वानले भने' ‘उनीहरूले भन्छन् यस्तो कथा त फिल्ममा मात्रै हुन्छ। मलाई विश्वास नै लागिरहेको छैन। तर मेरै साथ यी सबै भइरहेको छ। यो अमेरिकाको सपना हो।’
उ एउटा यस्तो कथा हो, जसलाई विश्वास गर्न गाह्रो भइरहेको छ। यदि फिल्मको कुनै कथानक थियो भने सहज देखिन पनि सक्थ्यो। तर यो फिल्म थिएन वास्तविक कथा थियो जुन क्वानको जिन्दगीमा घट्यो।
क्वानले बाल कलाकारका रूपमा फिल्ममा डेब्यु गरे। उनले हेरिसन फोर्डसँग दुई फिल्म 'इंडियाना जोनस' र 'द टेम्प अफ डुम'मा अभिनय गरेका थिए। त्यसपछि शरणार्थीको रूपमा उनी भियतनामबाट हङकङ गए। त्यहाँबाट अमेरिका पुगेर सेटल भए।
फिल्मलाई करियरै बनाउने उनको योजना थिएन। तर संयोगले सन् १९८४ मा उनी अडिसन दिन पुगे। 'इन्डियाना जोनस' र 'टेम्पल अफ डुम'मा पकेटमारीकालागि सर्ट राउन्ड खेल्ने अवसर पाए। त्यसको अर्को वर्ष 'द गुनीजमा ग्याजेट' र 'डाटा प्रेमी'को भूमिकामा अभिनय गरे।
बाल कलाकारका रूपमा डेब्यु भएकाहरू जब हुर्कँदै जान्छन्, दर्शकको मनोविज्ञानले स्विकार्न सक्दैन। क्वानको पनि हालत त्यस्तै भयो।
बाल कलाकारका रूपमा स्वीकार गर्ने दर्शकले हुर्किएका क्वानलाई स्विकार्न सकेनन्। त्यसैले उनले न फिल्म पाए, न उनी खोज्दै गए।
अभिनयको काम नपाएपछि उनले पर्दा पछाडि रहेर स्टन्ट को ओर्डिनेटर र असिस्टेन्ट डाइरेक्टरको रूपमा काम गर्न थाले।
पर्दा अगाडी आउने सपना क्वानको सपनामा समेत आउन छाडिसकेको थियो। तर सन् २०१८ मा एक फिल्म आयो र क्वानको सपना जगायो।
फिल्म थियो 'क्रेजी रिच एसियन'। यही फिल्मबाट अभिप्रेरित भएर उनले ५० वर्षको उमेरमा मरिसकेको अभिनयको सपनालाई ब्युँताए।
एक एजेन्ट साथी क्वानलाई फिल्ममा कमब्याक गराउन तयार भए। साथी तयार भएको दुई हप्तापछि क्वानलाई फोन आयो 'एभ्रिथिङ, एभ्रिवेर अल एट वान्स'को टिमबाट। यो फिल्म उनको जिन्दगीको दोस्रो ठुलो ब्रेक थियो।
यसै फिल्मले क्वानलाई सर्वोत्कृष्ट सह अभिनेताको रूपमा पहिलो ओस्कर एकेडेमी अवार्ड समेत दिलायो।
‘मेरो आमा ८४ वर्षको भइन्, उनी घरमा बसेर हेरिरहेकी छन्। आमा मैले भर्खरै ओस्कर जितेँ’ क्वानले भावुक हुँदै हातमा भएको सुनौलो मूर्ति चुमे र त्यसलाई माथि उठाए।
उनले अगाडी भने, ‘मेरो यात्रा एक डुङ्गाबाट सुरु भयो। मैले एक वर्ष शरणार्थीको क्याम्पमा बिताएँ। अनि केही गरेर हलिउडको यो ठुलो स्टेजमा रोकिएँ।'
जब उनले 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वान्स'को स्क्रिप्ट हात पारे, त्यो समय सायद उनले आशै गरेनन्,कुनै दिन यही स्क्रिप्टले ओस्कारमा पुर्याउनेछ भनेर।
यो आविष्कार र इंडि ड्रामा बिचको फिल्म थियो जसले शरणार्थी परिवारलाई लिएर साइफाई विधामा एडभेन्चर र सुपर हिरो एक्सनको कथा भन्छ।
क्वानले यसमा वेमोन्ड वाङको भूमिका निर्वाह गरेका छन् जो मिचेल योङ लाउन्डरेट म्यानेजरको श्रीमान् र अल्टनेट युनिभर्सको वेमोन्ड भर्सन हुन्।
जस्तै हलिउडमाथि विजयी प्राप्त गर्न यो फिल्म सफल भयो। यसले ७ ओटा विधामा अवार्ड जित्यो। जसमा वेस्ट पिक्टर र बेस्ट एक्टर पनि समावेश छ।
क्वान ९५ औँ ओस्कर अवार्डको सर्किटमा सबैभन्दा लोकप्रिय व्यक्तित्व मध्ये एक बने। उनको उत्साह अनुहारमा छचल्किएको थियो।
हलिउडका उत्कृष्ट स्टारहरूसँग उनले मुस्कुराउँदै सेल्फी खिचे। क्वानलाई देखेर हलिउड स्टारहरू पनि खुसी देखिन्थे।
क्वानले ओस्कर अवार्ड लिएपछि दिएको भाषणमा आमालाई यहाँसम्म आउन दिएको साथका लागि धन्यवाद दिए। आमाले गरेको त्यागको स्मरण गरे।
स्पिचमा उनले आफ्नो भाइ र श्रीमतीलाई पनि सम्झे। भने, ‘मेरो जीवनको माया, जसले २० वर्षसम्म महिनौँ महिना र वर्षपछि तिम्रो समय आउनेछ भने।’
उनले अन्त्यमा भने,' सपना यस्तो कुरा हो, जसलाई तपाईँले विश्वास गर्नै पर्छ। मैले मेरो सपना झन्डै त्यागेँ। तपाई सबैको लागि, कृपया आफ्नो सपनालाई जीवित राख्नुहोस्। मलाई फेरि स्वागत गर्नुभएकोमा धेरै धेरै धन्यवाद। सबैलाई माया।'
फागुन २९, २०७९ सोमबार १५:५५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।