ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर’ को वर्चश्व, उत्कृष्ट फिल्मसहित जित्यो ७ विधामा उपाधि
काठमाडौं : ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा उत्कृष्ट फिल्मको उपाधि जितेको छ।
आज (सोमबार) बिहान भएको ओस्कर अवार्ड समारोहमा उत्कृष्ट सिनेमा घोषित भएसँगै यसले सबैधन्दा धेरै ७ विधामा अवार्ड समेत हात पार्यो।
यो फिल्मले उत्कृष्ट फिल्मका साथै, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट सह-अभिनेत्री गरी ७ विधामा अवार्ड पाएको हो।
त्यस्तै एडजर्ड बर्गरले निर्देशन गरेको ‘अन द वेष्टर्न फ्रन्ट’ नामको फिल्मले अन्तराष्ट्रिय फिचर फिल्मको अवार्ड जित्यो।
यस वर्षको ओस्करमा उत्कृष्ट सिनेम्याट्रोग्राफी र बेस्ट ओरिजिनल स्कोर र प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पायो।
त्यस्तै ‘ग्विलेर्मो डेल छोज पिनासियो’ फिल्मले एनिमटेड फिचर फिल्मको अवार्ड हात पारेको छ। डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले जिते।
‘द ह्वेल’ ले हेयर एण्ड मेकअप स्टाइलङको अवार्ड हात पार्दा सर्ट एनिमेटेड फिल्म अवार्ड ‘द ब्वोइ, द मोल, द फक्स एण्ड द हर्स’ले पायो।
सर्ट फिल्म (लाइभ एक्सन) को अवार्ड भने ‘एन आइरिस गुडबाइ’ले जितेको छ।
फागुन २९, २०७९ सोमबार १०:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।