संघीय शिक्षा विधेयक तत्काल संसद्मा पेस गर्न सरोकारवालाहरूको माग
बुटवल : संघीय शिक्षा विधेयक तत्काल संसद्मा पेस गर्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले आग्रह गरेका छन्।
रुपन्देहीस्थित बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार बिहान आयोजित कार्यक्रममा सहभागी शिक्षा सरोकारवाला, सञ्चार सम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन्।
विधेयक सार्वजनिक गरेर सरोकारवालाहरूबीच छलफल सञ्चालन गरेर संघीयताको मर्मअनुरूप शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न उनीहरूले अनुरोध गरे।
लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित अपिल सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीति भन्दा टाढा बस्नुपर्ने बताए। शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने उनले बताए।
शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्म विपरित केन्द्रीकृत मानसिकता हावी रहेको बताए।
फागुन २८, २०७९ आइतबार १३:४७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।