मिस नेपालको प्रदेशस्तरीय अडिसन : सुर्खेतमा सोमबार हुने

मिस नेपालको प्रदेशस्तरीय अडिसन : सुर्खेतमा सोमबार हुने

सुर्खेत : मिस नेपालको आगामी संस्करणका लागि सोमबार वीरेन्द्रनगरमा अडिसन हुने भएको छ।

मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले यो प्रदेशस्तरीय अडिसन गर्न लागिएको आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए।

प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन गर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने गरि कर्णालीमा पनि पुगेको उनले बताए।

मिस नेपालमा कर्णालीबाट करिब एक दर्जन सहभागी प्रतिस्पर्धामा जाने अनुमान आयोजकको छ।

कार्यक्रममा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको उपस्थिती रहेको थियो।

अडिसन अन्तर्गत आइतबार ओरिएन्टेसन र सोमबार मुख्य अडिसन कार्यक्रम हुने जनाइएको छ। इटहरीदेखि सुरु भएको अडिसन वीरगञ्ज, पोखरा, र  नेपालगन्जमा  सम्पन्न भइसकेको छ।

प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्।

यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने आयोजकले जनाएको छ।

फागुन २८, २०७९ आइतबार ०७:३०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।