छड्के २ को असफलताबाट निराश अनमोललाई राजबल्लभको सुझाव : 'यात्राको मजा लेउ, चियर्स'
काठमाडौँ : आफूले अभिनय गरेका फिल्महरूमध्ये लाजै लाग्ने गरी छड्के २ फ्लप भएपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा लेख्दै आफू शून्यमा झरेको भावना बाँडे।
उनले आफ्ना प्रशंसकहरूसँग माफी समेत मागेका थिए। प्राय आफ्नो कमजोरी स्वीकारै नगर्ने बरु अन्यको काँधमा असफलताको भारी बोकाउने नेपाली फिल्म क्षेत्रमा कमजोरी स्विकार्न सक्ने अनमोलको स्वभावको सबैले प्रशंसा गरेकै थिए।
छोटो अभिनयकर्मबाट राम्रै प्रशंसक कमाएर एकाएक अमेरिका भासिएका अभिनेता राजवल्लभ कोइरालाले समेत अनमोललाई सम्बोधन गरेर भावुक सन्देश पोस्ट गरेका छन्।
इन्स्टाग्राममा अनमोलले राखेको भनाइको पोस्टमै प्रतिक्रिया दिँदै कोइरालाले सफलता अनि असफलता जीवनको भाग भएको भन्दै जुन विषय आफ्नो नियन्त्रणमा छैन त्यसमा हार र जीतको अर्थ नहुने उल्लेख गरेका छन्।
जुन नतिजा आफ्नो हातमा हुन्न त्यसलाई सहज रूपमा स्वीकार गर्नु नै सबैभन्दा ठुलो साहस रहेको भन्दै उनले अनमोललाई धेरै चिन्ता नलिन सुझाव दिएका छन्।
आफ्ना भावनाले नै बलियो बनाउँदै लैजाने भन्दै उनले आगामी दिनमा बलियो बनेर फर्कन सक्ने भन्दै सुझाव दिएका छन्'यात्राको मजा लेउ। चियर्स।'
फागुन २८, २०७९ आइतबार ००:१८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।