१० खेलाडीमा समेटिए पनि एपिएफलाई हराउन सकेन जावलाखेलले, पुलिस टिम तेस्रो खेल पनि हार्यो

१० खेलाडीमा समेटिए पनि एपिएफलाई हराउन सकेन जावलाखेलले, पुलिस टिम तेस्रो खेल पनि हार्यो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग प्रतियोगितामा दुई विभागीय टोली एपीएफ र जावलाखेल यूथ क्लबबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गियो।

खेल अवधिभर दुवै टोलीले गोल गर्न नसकेपछि बराबरीमा टुङ्गियो। एपिएफ १० खेलाडीमा समेटिएको थियो। तर जावलाखेलले फाइदा लिन सकेन।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगिताको ६९ औँ मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि एपिएफका एडामा डोम्बियाले दुई वटा पहेँलो कार्ड पाए।

सो निर्णयबारे विवाद भएपछि रेफ्री रेफ्री प्रज्वल क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएर मैदान बाहिर पठाए। खेलको २४ औँ मिनेटमा जाउलाखेलका फोडे फोफानाले गरेको प्रहार एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले रोकेका थिए।

त्यसको पाँच मिनेटपछि एञ्जलले नै एनकोटो मेसोबीको प्रहार बचाएर जाउलाखेललाई अग्रताको मौका नै दिएनन्। खेलको ३२ औँ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्ने मौका त पाए त चुके।

खेलको ३९ औँ मिनेटमा प्रदीप लामाले बलियो प्रहार गरे पनि जाउलाखेलका गोलकिपर अनीश देउलाले बचाए। ४७ औँ मिनेटमा एपीएफका सनिस श्रेष्ठले पनि विपक्षीको पोस्टमा प्रहार नगरेका हैनन् तर गोलकिपर अनीशले बचाए। ६८ औँ मिनेटमा जाउलाखेलका अब्दुलाजिज निशेनबेइभले गोल गर्ने प्रयास गरे पनि सफल नभएपछि अङ्क बाँडियो।

शनिवारको खेलसम्म जाउलाखेलको तीन खेलमा सात अङ्क पाएको छ भने एपीएफको समान खेलबाट जममा चार अङ्क बनाएको छ। 

पुलिस टिमको तेस्रो हार

विभागीय टोली नेपाल पुलिस क्लब लिगमा लगातार तेस्रो खेलमा समेत पराजित भयो। ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस सङ्कटा क्लबसँग ३–० गोल अन्तरले पराजित भयो।

गणेश हमाल, रोशन पहारी र सुरज जिउ ठकुरीले गोल गर्दा पुलिस टिमका खेलाडीहरूले गोल फर्काउन सकेनन्।

सङ्कटाले तीन खेलमा चार अङ्क जोडिसकेको छ भने तीन वटै खेल हारेको पुलिस टिम अङ्कविहीन छ।

फागुन २७, २०७९ शनिबार २०:५२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।