गौतम गम्भीर र शाहिद अफ्रिदीको ‘ह्याण्डशेक’को तस्बिर चर्चामा
एजेन्सी : तेस्रो लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) शुक्रबार कतारको दोहामा सुरु भएको छ।
प्रतियोगिताको पहिलो खेल गौतम गम्भीरको भारत महाराजा र पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको एसिया लायन्सबीच भएको थियो।
यस खेलमा गौतम गम्भीरको टोली ९ रनले पराजित भए पनि सामाजिक सञ्जालमा उनको र शाहिद अफ्रिदीको तस्बिरको चर्चा खेलको नतिजाभन्दा बढि भइरहेको छ।
यो तस्बिर टसको समयमा हात मिलाउँदै गरेको शाहिद अफ्रिदी र गौतम गम्भीरको हो। तस्बिरमा अफ्रिदी मुस्कुराउँदै हात मिलाउँदै छन् भने गौतम गम्भीरको अनुहार अलि बिग्रिएको देखिन्छ।
यो तस्बिरको पनि चर्चा भइरहेको छ किनकी गम्भीर र अफ्रिदीले सन्यास लिनुअघि खेलका क्रममा मैदानमा धेरै पटक बहस गरेका थिए। यो तस्बिरलाई लिएर मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
एलएलसी लिगको तेस्रो टोली अष्ट्रेलियाका पूर्व खेलाडी आरोन फिन्च हुन्। यस लिगको फाइनल खेल २० मार्चमा हुनेछ।
एसियन लायन्समा नेपालका पूर्वकप्तान पारस खड्कासमेत आवद्ध छन्। शुक्रबारको प्लेइङ ११ मा उनी सामेल थिए। उनले २ बल खेल्दा ३ रन बनाएका थिए। इसरु उडानाले गरेको बलिङ मोहम्मद केफलाई पारसले क्याच आउट गरेका थिए।
फागुन २७, २०७९ शनिबार ०९:५०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।