अमेरिकाको सिलिकन भ्याली बैंकमा नियामक निकायले लगायो ताला

अमेरिकाको सिलिकन भ्याली बैंकमा नियामक निकायले लगायो ताला

एजेन्सी : क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरिदिएका छन्।

यो घटनापछि अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको छ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक हो।

यसअघि प्रि–मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको शेयर कारोबारका लागि रोकिएको थियो।

प्राविधिक कम्पनीहरूलाई कर्जा दिने बैंक बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको शेयर घटेको छ।

तर, शुक्रबार बिहान अमेरिकाका केही ठूला बैंकको शेयरको अवस्था केही सुधार भएको थियो।

सिलिकन भ्याली बैंक यस वर्ष बन्द हुने पहिलो फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन बीमा गरिएको बैंक हो।

अल्मेना स्टेट बैंक साढे दुई वर्षअघि २३ अक्टोबर २०२० मा बन्द भएको थियो।

फागुन २७, २०७९ शनिबार ०९:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।