पुष्पलाल पार्क जाँदै नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले पुष्पलाल पार्क जाने भएका छन्।
शनिबार दिउँसो ललितपुरको चम्पादेवीस्थित पुष्पलाल पार्क गएर उनले पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।
यस्तै, त्यहाँको कार्यक्रम सकेर उनी दिउँसो साढे २ बजे बडेगाउँस्थित भट्टराई आश्रम पुग्ने कार्यक्रम छ।
फागुन २५ बिहीबार गते राष्ट्रपतिमा निर्वाचित पौडेल शुक्रबार पशुपतिनाथको दर्शनपछि गोकर्णेश्वरमा रहेको पूर्वप्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए।
गत बिहीबार उनले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए।
फागुन २७, २०७९ शनिबार ०९:२४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।