छ युट्युब च्यानलमाथि भारत सरकारको प्रतिबन्ध

छ युट्युब च्यानलमाथि भारत सरकारको प्रतिबन्ध

एजेन्सी : भारत सरकारले पृथकतावादी शिख समूह (खालिस्तान)लाई समर्थन गरेको आरोपमा कम्तीमा ६ युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ। एक वरिष्ठ अधिकारीले शुक्रबार यो जानकारी दिए।

सूचना तथा प्रसारण सचिव अपूर्व चन्द्राले पछिल्लो १० दिनमा विदेशबाट चल्ने ६ देखि ८ युट्युब च्यानलमा प्रतिबन्ध लगाइएको बताए।

उनले ती च्यानलहरूले पञ्जाबी भाषामा सीमावर्ती प्रदेशमा समस्या सिर्जना गर्न खोजेको दाबी गरे।

सरकारको यो निर्णयअघि पनि भारतमा खालिस्तानको मुद्दा चर्चामा थियो। खालिस्तान समर्थक र ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहले आफ्ना समर्थकहरूसँग अजनालाको प्रहरी चौकीमा आक्रमण गरेका थिए। उनले आफ्ना एक साथीलाई रिहा गर्न माग गरेका थिए।

युट्युबले सरकारको अनुरोधमा कारबाही गरिरहेको अर्का वरिष्ठ अधिकारीले पुष्टी गरे। युट्युबलाई ४८ घण्टाभित्र यी च्यानलहरू ब्लक गर्न अनुरोध गरिएको छ।

अधिकारीका अनुसार सरकारले युट्युबलाई आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदमको प्रयोग गरी थप यस्ता आपत्तिजनक सामग्री पहिचान गर्न र ब्लक गर्नसमेत सरकारले निर्देशन दिएको छ।

फागुन २७, २०७९ शनिबार ०७:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।