रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने उन्मुक्ति पार्टीको अपरिपक्व निर्णय

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने उन्मुक्ति पार्टीको अपरिपक्व निर्णय

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने अपरिपक्व निर्णय गरेको छ।

शुक्रबार विहान बसेको संसदीय दलको बैठकले कैलाली–१ बाट निर्वाचित श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने अपरिपक्व निर्णय गरेको हो।

बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपनि उनी त्यसका लागि योग्य थिइनन्। अयोग्य व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरेर नागरिक उन्मुक्ति पार्टीले अपरिपक्वता देखाएको छ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ। संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र हो।

नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई  उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ। 

उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।

फागुन २६, २०७९ शुक्रबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।