ओलीलाई मेटमणिको कटाक्ष- ‘फुटाउ अनि राज गर’को बाटो त्याग्ने कि!

ओलीलाई मेटमणिको कटाक्ष- ‘फुटाउ अनि राज गर’को बाटो त्याग्ने कि!

काठमाडौं : एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गरेका छन्।

राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मतसहित विजय भएपछि उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेती गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सधैँभरिलाई एक्लो भइन्छ।’

एकीकृत समाजवादीका सांसद् समेत रहेका चौधरीले केपी ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न, सत्य कुरा गर्न र अरुले महसुस गर्नेगरि व्यवहारमा देखाउन सुझाएका छन्।

राष्ट्रपति निर्वाचनअघि माधवकुमार नेपालसँगको वार्तामा ओलीले ३ घण्टा गफ दिएको प्रसङ्गसमेत सम्झिए।

‘अरुको अपमान हुनेगरि तीन घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेतनाबाट मुक्त बन,’ उनले अगाडि भने, ‘भ्रमको खेती नगर। अरु पनि बुझ्ने छन् भन्ने बुझिराख। अनि मात्रै राजनीतिमा पार पाइन्छ।’

२६ फागुन, २०७९, ११:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।