सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर रहेको छ।

बिहीबारको तुलनामा सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसदिन छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य भने तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने बिहीबारकै कायम रहेको छ। महासंघका अुनसार चाँदी शुक्रबार पनि तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ।

फागुन २६, २०७९ शुक्रबार १०:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।