पिएनजीसँग भिड्दै युएई, एक दिवसीय मान्यताका लागि दुई खेलमा जित्नैपर्ने
काठमाडौं : आईसीसी विश्वकप लिग– २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा शुक्रबार यूएई र पपुवा न्यु गिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ।
घरेलु मैदानमा पिएनजीसँग दुवै खेल हारेपछि दवावमा रहेको युएईका लागि एकदिवसीय वरियता जोगाउन पनि पिएनजीलाई हराउनैपर्ने हुन्छ। उसले दुई खेल जित्नैपर्छ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार विहान साढे ९ मा सुरु हुने खेलमा जारी सिरिजमा पहिलो जितको खोजिमा पिएनजी रहेको छ। बिहीबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो।
विश्वकप लिग– २ मा शीर्ष तीनमा रहने युएईको सम्भावना सकिसकेकाले उसका लागि एकदिवसीय वरीयता जोगाउने लक्ष्य नेपाल सिरिजमा रहेको छ।
तर, विश्वकप लिग–२ मा युएई पिएनजीसँग लगातार खराब प्रदर्शनको सिकार हुँदै आएको छ। अघिल्ला ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरिसकेको छ।
यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ। पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुच्छारमा रहेको छ।
फागुन २६, २०७९ शुक्रबार ०८:३५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।