नवाजुद्दीनको म्यानेजरमाथि आलियाको गम्भीर आरोप, भनिन्– ‘दुबईको होटलमा छोरीलाई पटक–पटक अंगालो हाल्यो’

नवाजुद्दीनको म्यानेजरमाथि आलियाको गम्भीर आरोप, भनिन्– ‘दुबईको होटलमा छोरीलाई पटक–पटक अंगालो हाल्यो’

एजेन्सी : बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीको जीवनमा यतिबेला तनावपूर्ण रूपमा चलिरहेको छ।

नवाजुद्दीनकी पूर्वपत्नी आलियाले हालै एक अभिनेताविरुद्ध बलात्कारको आरोप लगाएपछि नवाजुद्दीनले एक बयान जारी गर्दै बदला लिएका छन्।

नवाजुद्दीन सिद्दिकीले आलियालाई आरोप लगाउँदै उनले यो सबै पैसाका लागि मात्र गरिरहेको आरोप लगाएका छन्। उनले श्रीमतीले आफ्ना बच्चाहरूलाई दुई महिनादेखि बन्धक बनाएर राखेको आरोपसमेत लगाएका छन्।

यसबाहेक नवाजुद्दीनले आलियालाई हरेक महिना १० लाख रुपैयाँ पठाउने गरेको भए पनि छोराछोरीलाई स्कुल नपठाएको आरोप लगाएका छन्।

नवाजुद्दीन सिद्दिकीको भनाइप्रति प्रतिक्रिया दिँदै आलियाले झनै गम्भीर आरोप लगाएकी छन्। उनले छोरीलाई म्यानेजरसँग दुबई पठाएर एउटै होटलमा राखेको बताएकी छन्।

आलियाले नवाजुद्दीनलाई गैरजिम्मेवार बुवा भएको आरोप लगाउँदै म्यानेजरले छोरीलाई अनुचित रुपमा छोएको र पटक–पटक अंगालो हालेको उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘तिमीले मेरो छोरीलाई म्यानेजरसँग दुबई पठाएको मलाई थाहा थिएन। त्यहाँ तिम्रो म्यानेजरले मेरी छोरीलाई अनुचित रूपमा छोयो र पटक–पटक अँगालो हाल्यो। मेरो छोरीले असहज महसुस गरिरहेकी थिइन्। तिमी मेरो छोरीलाई यस्तो कसरी गर्न सक्छौ?’

फागुन २६, २०७९ शुक्रबार ०८:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।