पौडेललाई बधाई दिँदै प्रधानमन्त्रीको ‘अंकमाल पोज’ (चार तस्बिर)

पौडेललाई बधाई दिँदै प्रधानमन्त्रीको ‘अंकमाल पोज’ (चार तस्बिर)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : बिहीबार राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए।

उनी विजयी भएसँगै धेरैले उनलाई बधाई दिए। बधाई दिन पुगे प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनले च्याप्प अंकमाल गरेर पौडेललाई बधाई दिए।

भेटेर बधाई दिएपछि सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनले राष्ट्रपतिको रूपमा पौडेलको कार्यकाल अद्वितीय र अनुकरणीय रहने प्रचण्डको विश्वास लिएका छन्।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि उनलाई अंकमाल गरेर बधाई दिएका छन्।

फागुन २५, २०७९ बिहीबार २०:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।