प्रचण्ड र ओलीले पुल्पुल्याएका प्रसाईंको अराजकता, रमिते बन्दै राज्य संयन्त्र

प्रचण्ड र ओलीले पुल्पुल्याएका प्रसाईंको अराजकता, रमिते बन्दै राज्य संयन्त्र

काठमाडौं : काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई मन्चमा राखेर महाअभियान शुरू गरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं वित्तिय अराजकता फैलाउन थप सक्रिय भएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले थप अराजकता फैलाउने आन्दोलनको कार्यक्रम घोषणा गरे।

विभिन्न वित्तिय संस्थामा रहेको बचतकर्ताको दुई अर्ब ७० करोड ऋण लिएका उनी अन्य व्यवसायीको ऋण माफी, हिन्दु धर्म अनी संघियताको विपक्षमा उभिदै वित्तिय अराजकता फैलाउन नेपाल बन्दसम्मको आन्दोलनको घोषणा गरेका छन्।

बिर्तामोडमा बिएन्डसी टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका मालिक रहेका उनी सरकारी जग्गा हिनामिनाका समेत आरोपी हुन्।

ब्याज माग्ने बैंकका कर्मचारीलाई कालोमोसो दल्न कालोमोसो टोली नै बनाएका उनले काकडभिट्टा र काठमाडौंमा कार्यक्रम गरिसकेका छन्। गृह प्रशासनले वित्तिय संस्था र कर्मचारीको सुरक्षाका लागि सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्न बाहेक थप प्रक्रिया अगाडि बढाएको छैन।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले थप अराजकता फैलाउने आन्दोलनको कार्यक्रम घोषणा गरे। नयाँ कार्यक्रममा  हरेक शनिबार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासी, सर्वहारा वर्ग, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माइतीघर मण्डलाबाट जुलुससहित बानेश्वरमा कोणसभा गर्ने घोषणा गरे।

संघीयतालाई सेतो हात्ती भन्दै प्रसाईंले त्यसलाई खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग समेत गरे।

चैत १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीबिरुद्धको आमसभा र कोणसभा गर्ने उल्लेख छ।

२४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरुले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर नतिर्ने, मालपोतमा जग्गा पास नगर्ने,  चैत्र १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने नयाँ  बिरोध कार्यक्रमको घोषणा गरे।

उनले संघीयतालाई सेतो हात्ती भएको भन्दै त्यसलाई खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग समेत गरेका छन्।

२०४७ सालको संविधान लागू गर्नुपर्ने, बैंक, वित्तीय सहकारी बिमा कम्पनीहरुलाई तुरुन्त राष्ट्रियकरण गर्ने, निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने, लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकरोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेका छन्।

मेडिकल माफियाको परिचय बनाएका उनको अस्पतालले शिक्षण संस्थाको मान्यता नपाएपछि राजनीतिक शक्तिकेन्द्र निकट बनेका थिए।

एमालेको केन्द्रीय सदस्य रहदा नै उनले ज्ञानेन्द्र शाह, पारसलाई मन्चमा राखेर झापाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ को घोषणा गरेका थिए। पछि एमालेले उनलाई बर्खास्त गरेको थियो। 

नारा राजनीतिक, वित्तीय अराजकता 
मेडिकल माफियाको परिचय बनाएका उनको अस्पतालले शिक्षण संस्थाको मान्यता नपाएपछि राजनीतिक शक्तिकेन्द्र निकट बनेका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट देखिएका उनको कलेजलाई सम्बन्धन दिन सरकारले पटक पटक प्रयास गर्यो। तर, डा गोविन्द केसीको निरन्तर आन्दोलनले सफल भएन।

अहिले बैंकहरूले प्रसाईंले ऋण उठाउन ताकेता गर्दै नतिरे कालोसूचीमा राख्ने चेतावनी दिए लगत्तै उनी राजीतिक मागको आवरणमा बैंकहरूलाई सार्वजनिक रूपमा धम्काउन सक्रिय भए।

माओवादी र एमाले मिलेर नेकपा बनेपछि केपी शर्मा ओली र  प्रचन्ड निकट बनेका उनी नेकपा विघटनसँगै ओलीतिर लागेर प्रचण्डलाई छाडे। ओली निकट बन्दै एमालेको केन्द्रीय सदस्यहुँदै राजनीतिक पहिचान बनाएपछि अन्टसन्ट अन्तर्वार्तामार्फत सार्वजनिक छवि बनाएका उनी एकाएक ज्ञानेन्द्र निकट बन्दै राजनीतिक अभियानमा सक्रिय भइरहेका छन्।

व्यक्तिगत स्वार्थमा बचतकर्ताको रकम जोखिममा
प्रसाईले उठाएका मागमध्ये निक्षेपको ब्याज दर समेत उल्लेख छ। उनले आफ्नो माग बचतकर्ताको विपक्षमा नदेखियोस् भनेर बचतकर्ताको निक्षेपको सुरक्षा भन्दै ब्याजदर भने ६ प्रतिशत मात्र दिन माग गरेका छन्।

उनले शक्तिको दुरुपयोग गर्दै १८ करोडमा किनबेच भएको जग्गा बैंकमा राखेर एक अर्ब ७४ करोड निकालेको हिमालखबरले सार्वजनिक गरेको थियो। 

महालेखाको प्रतिवेदनलाई उदृत गर्दै हिमालखबरले लेखेको छ' वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयताका सम्बन्धमा नेपाल राष्ट्र ब्यांकले सम्बन्धित ब्यांकहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्छ।'

प्रसाईं आफू जोगिन राजनीतिक माग अगाडि सारेर वित्तीय संस्थाहरूलाई धम्क्याउन सक्रिय छन्।

अहिले बैंकहरूले प्रसाईंले ऋण उठाउन ताकेता गर्दै नतिरे कालोसूचीमा राख्ने चेतावनी दिए लगत्तै उनी राजीतिक मागको आवरणमा बैंकहरूलाई सार्वजनिक रूपमा धम्काउन सक्रिय भए।

यसबीचमा उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी पर्यो। प्रसाईंले अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएर विभिन्न बैंकबाट ऋण लिएको दाबी गर्दै कारबाहीको माग गरिएको छ।

पाँच बिघा आठ कठ्ठा १३ धुर जग्गालाई ‘कीर्ते’ धनीपुर्जा बनाएर १० बिगाहा १२ कठ्ठा १३ धुर बनाएर वित्तीय संस्थाहरूबाट अधिक ऋण निकालेको सार्वजनिक भएसँगै वित्तिय संस्थाहरूले ऋण उठाउन ताकेता बढाए। प्रसाईं आफू जोगिन राजनीतिक माग अगाडि सारेर वित्तीय संस्थाहरूलाई धम्क्याउन सक्रिय भए।

फागुन २५, २०७९ बिहीबार १४:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।