क्रस भोटको सम्भावनै छैन : अध्यक्ष नेपाल
काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्।
बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताए।
नेपालले नेताहरूले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले पार्टीमा नजोडिएका सांसदहरूले पनि आफ्नै मान्यताको आधारमा निर्णय गर्ने बताए।
‘जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन्। मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन्,’ उनले भने, ‘त्योभन्दा भिन्न ढंगले अरु कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन।’
फागुन २५, २०७९ बिहीबार १२:५५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।