विद्यालय छेउमा लगेर सात वर्षीया बालिका बलात्कार, १७ वर्षीय किशोर पक्राउ

विद्यालय छेउमा लगेर सात वर्षीया बालिका बलात्कार, १७ वर्षीय किशोर पक्राउ

दाङ : सात वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–७ बस्ने १७ वर्षीय किशोर रहेका छन्। उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगी बलात्कार गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन २५, २०७९ बिहीबार १२:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।