नेपालको तीन विकेट पतन, ८१ रन बनाएर खेल्दै आशिफ
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।
तेस्राे विकेटको रूपमा ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भए। २५औं ओभरको अन्तिम बलमा रिले हेकुरेले मल्ललाई असद भालाको हातबाट आउट गराएका हुन्।
नयाँ ब्याटरका रूपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन्। २७ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १५२ रन बनाएको छ। ओपनर आसिफ शेख ८१ रन बनाएर खेलिरहेका छन्।
नेपाल पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो। हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए।
कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए। तेस्रो नम्बरमा आएका कुशल मल्ललाई पनि हेकुरेले नै २ रनको स्कोरमा आउट गरेका थिए।
फागुन २५, २०७९ बिहीबार ११:२२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।